झण्डै २ वर्ष सार्वजानिक जीवनशैलीबाट ओझेल परेका नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार प्रधानमन्त्री केपी ओलीको छेउमा उभिँदै आफु सार्वजानिक भएको अभिनय गरेका छन् । अभिनय यस कारण कि नेपालमा राजनीतिमा चासो राख्ने जो कोहीका लागि पनि विप्लवको अनुहार नौलो थिएन । प्रचण्ड नेतृत्वको सरकार रहेका बेला खोजेकै मन्त्रालयमा आफुलाई मन्त्री नबनाएको भन्दै विभिन्न निहुँ निकालेर मोहन…