२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का बर्षा र हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । हाल देशका केही पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम प्रदेश र प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

बाँकी प्रदेशका पहाडी भू-भागहरूको मौसम आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागहरुका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ३७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री