८ बैशाख २०८१, शनिबार | April 20, 2024

आज देशभरका यी स्थानमा विद्युत कटौती हुँदैछ



काठमाडौं । मर्मत सम्भारको काम गर्नुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले आज पनि देशभरका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ ।

सुर्खेत वितरण केन्द्रको बजार फिडर अन्तर्गत कञ्चनपुरको शिवालय चोकको ट्रान्सफर्मर सिफ्टिङ गर्नुपर्ने भएकाले त्यस क्षेत्रका कपासे, इत्राम तथा शंखर चोकलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको हरिसिद्दी फिडर मर्मतसम्भार गर्नुपर्ने भएकाले ढलोट कारखाना, हात्तीबन, एरावत टोल, धापाखेल तथा हरिसिद्दी क्षेत्रमा मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

ललितपुरकै पुल्चोक वितरण केन्द्रका क्षेत्रमा आज पोल सार्नुपर्ने भएकाले बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रका फुलबारी चोक, भैसेपाटी आवास क्षेत्र, महतो मार्ग, पुरानो वडा कार्यालय, ऋषि मन्दिर क्षेत्र, एक डाँडा, नक्खुडोला, तालिम केन्द्र, रेडियो नेपाल टावर, गोकुल आवास, वाई वाई चोक, खड्का गाउँ, खोकना दोबाटो, डिस होम, कार्य बिनायक हाउजिङ लगायतका क्षेत्रमा ४ घण्टा विद्युत कटौती हुनेछ ।

यस्तै काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत बाँसबारी फिडरको कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

उक्त वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज कपन मार्ग पिपलबोट गंगालाल हस्पिटल लगायतका क्षेत्रमा दिउँसो २ बजेदेखि ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० र २५ का विभिन्न स्थानमा पनि आज विद्युत कटौती हुँदैछ । चनौली अमृत चोक क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

बाराको निजगढ क्षेत्रमा रहेको चुपर सवस्टेशन मर्मत गरिने भएपछि बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत कटौती हुने भएको छ ।

विराटनगरको वितरण केन्द्र अन्तर्गत कञ्चनबारी वितरण केन्द्रको मर्मत सम्भार हुने भएपछि त्यस क्षेत्रको वडा नम्बर २,३,४,८ र ९ मा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

गण्डकी प्रदेशका कास्की, म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत कटौती हुँदैछ । लेखनाथ सबस्टेशनमा १३२ केभी विद्युतको बस बार एक्स्टेन्स गर्नु पर्ने भएकाले विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने