काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु…