काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् । यसअघि सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दैआएको भन्दै स्पष्टीकरण सोधेको थियो । सरकारले पूर्वाग्रह साँधेको भन्दै उनले स्पष्टीकरण नदिने बताएका थिए । उनले आफूले गरेका कामको विवरण पनि सार्वजनिक गरेका थिए…