स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसका १० हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ १० हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए । तेह्रौं महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा ९ हजार ३४१ जनाले नवीकरण गरेका हुन्…