काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट उत्पन्न जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । हाल देशभरको मौसममा आँशिकदेखि सामान्य बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का…