नेपालगन्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डको बाँके निकुञ्ज क्षेत्रमा बाघले मान्छे खाएपछि स्थानीय प्रशासनले राजमार्गको तोकिएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बाँकेको गाभर क्षेत्रमा एकजना होटलमा काम गर्ने भारतीय मजदुरलाई बाघले खाएपछि प्रशासनले पैदलयात्रु, साईकल तथा मोटरसाईकलमा यात्रा गर्न निषेध गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गर्दै…