१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध चलिरहेका वेला बैठक बोलाइएको हो ।

आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आज बस्ने दोस्रो बैठकमा पूर्वसांसद एवं भारतका लागि नेपाली पूर्वराजदूत रुक्मशम्शेर राणाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राणाको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

एमालेका सांसदले निरन्तर विरोध गर्दै आएपछि भदौ २३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ । एमाले विभाजनमा सभामूहले भूमिका खेलेको भन्दै एमालेले विरोध गर्दै आएको छ ।

यस विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । तर, एमाले नेताहरु उपस्थित नभएपछि कुनै निष्कर्ष निस्कन सकेन ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ८ : ३० बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी