कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका-११ का दलहबहादुर बोहरा पुर्व-पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहेका छन् । आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोखे । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहराले हिउँदमा भने बनहरा पुलमुनि बास बसिरहेका छन्…