काठमाडौं । सवोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन आदेश दिएको हो । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर…