नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले कोभिड-१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड-१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज…