बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यसहित होटल पौवा बुटवलले सरायँ नाच प्रस्तुत गरेको छ ।बडादशैँ २०८२ को अवसरमा शनिबार साँझ प्रस्तुत गरिएको लोपोन्मुख सरायँ नाचको २ हजार बढी दर्शकले अवलोकन गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ मुझुङस्थित कालिका युवा क्लबका कलाकारहरुले सराय नाच प्रस्तुत गरेका हुन् । लुम्बिनी प्रदेशका पहाडी भेगहरू…