बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण अभियानअन्तर्गत सोमबार २२६ जनाको स्वास्थ्य जाँच गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रममा स्वास्थ्यकर्मीको टोली वडा तहसम्म पुगेर ज्येष्ठ नागरिकहरूको रगत र पिसाबको नमुना संकलन गरी परीक्षण गरिरहेको छ । नगर प्रमुख खेलराज पाण्डेयले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई…