५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता



जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो । उनले पत्र ढिलो प्राप्त भएकाले औपचारिक विज्ञप्ति भने जारी नभएको जानकारी दिए ।

मधेस प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य रहेका छन् । हाल उक्त पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी रहेको थियो ।

पार्टीबाट महेश यादव अर्थमन्त्री तथा वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा रहेका छन् । प्रमुख सचेतक सिंहले पनि समर्थन फिर्ता लिएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ५८ बजे

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको