काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान गर्ने समयमा चरा ठोक्किएको छ । काठमाडौंबाट गोसाइँकुण्ड उडानका क्रममा प्रभु एअरको हेलिकोप्टरमा चरा ठोकिएको हो । मंगलबार बिहान पौने १० बजे काठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोकिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको उनले…