३ आश्विन २०८३, शनिबार | September 19, 2026

चट्याङ लागेर लमजुङमा ३ जना विद्यार्थी घाइते, दुई जनाको अवस्था गम्भीर



। लमजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्‍व्होलासोथार गाउँपालिका-४ भुजुङमा चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।

मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्रावासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको छ । घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ५८ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय