२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सरकारको ‘गुण्डाराज र फासिवाद’ विरुद्ध प्रचण्ड-नेपाल नेकपाद्वारा आम हड्ताल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले संवैधानिक आयोगहरुमा सिफारिस गरिएका पदाधिकारीहरुलाई गराईएको सपथ ग्रहणका विरुद्धमा शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर सो पक्षले शसक्त आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत बिहिबार आम हड्तालको कार्यक्रम सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय संघर्ष समितिका संयोजक नारायाकाजी श्रेष्ठले बलमिचाई, जवर्जस्ती, निरंकुशताको…