१६ असार २०८३, मंगलबार | June 30, 2026

सरकारको ‘गुण्डाराज र फासिवाद’ विरुद्ध प्रचण्ड-नेपाल नेकपाद्वारा आम हड्ताल



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले संवैधानिक आयोगहरुमा सिफारिस गरिएका पदाधिकारीहरुलाई गराईएको सपथ ग्रहणका विरुद्धमा शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर सो पक्षले शसक्त आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत बिहिबार आम हड्तालको कार्यक्रम सार्वजानिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय संघर्ष समितिका संयोजक नारायाकाजी श्रेष्ठले बलमिचाई, जवर्जस्ती, निरंकुशताको पराकाष्ठाका रुपमा सरकारले संवैधानिक आयोगमा सिफारिस र कानुन विपरित सपथग्रहण गराउने काम गरेको आरोप लगाए ।

संयोजक श्रेष्ठले सरकारले अतिबादी चरित्र देखाउँदै गुण्डाराज र फासीवाद लाद्न प्रयत्न गरेको आरोप लगाउँदै शसक्त आन्दोलन गर्न सरकारले नै बाध्य बनाएको बताए ।

श्रेष्ठले मुलुक प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा होमिएका बेला सरकारले पुनः असंवैधानिक तरिकाले संवैधानिक परिषदमा बलमिच्याँइ गरेको आरोप लगाए । उनले भने, ‘यो भन्दा निरकुशतन्त्रको पराकाष्ठा अरु केही हुन सक्दैन ।’

प्रतिनिधिसभा सदस्य नभएका ब्यक्ति प्रधानन्त्री बन्न अयोग्य हुने संविधानमा व्यवस्था हुंदा हुंदै पनि केपी ओलीले भएको प्रतिनिधिसभा विघटन गरेर बिना साँसद प्रधानमन्त्री बनिरहेको उनले आरोप लगाए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले आफहरुको आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता ब्यक्त गर्दै सरकारबाटै बिथोल्ने प्रयत्न भए त्यसको शसक्त प्रतिरोध हुने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेतृ पम्फा भुषालले ‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न देशव्यापी आन्दोलनलाई चर्काउनुको विकल्प नभएको जिकिर गरिन ।  ‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आम हड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन्।

नेतृ भुसालले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन्।

उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

गत पुस ५ गते अध्यादेशका आधारमा बिपक्षीदलका नेता र सभामुख बिना संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक आयोगका पदधिकारीको नाम सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ४० बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा