७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

लागुऔषध कारोबार अभियोगमा सिन्धुलीकी युवतीसहित चारजना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले सिन्धुलीकी युवतीसहित लागुऔषध कारोबार अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

काठामाडौं महानरपालिका गौरीघाटको विभिन्न स्थानमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड खटिएको टोलीले मंगलबार दिउँसो एक बजे विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली बेलबारी घर भई काठमाडौं महानरपालिका महाराजगञ्ज बस्ने २३ वर्षीया सविना कार्की पनि छन् ।

यस्तै, मोरङ उर्लावारी घर भई काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ४० वर्षीय अम्बर बर्देवा, धादिङ गल्छी घर भई काठमाडौं सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, मकवानपुर घर भई काठमाडौं थानकोट बस्ने ४२ वर्षीय कालु गोरे पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट पोल्याण्ड तीन किलो, नगद रु २० हजार २ सय ५०, प्र-०२-०१७प७९५० नम्बरको मोटरसाइकल एक थान र मोबाइल पाँच थानसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ४७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल