२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

लागुऔषध कारोबार अभियोगमा सिन्धुलीकी युवतीसहित चारजना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले सिन्धुलीकी युवतीसहित लागुऔषध कारोबार अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

काठामाडौं महानरपालिका गौरीघाटको विभिन्न स्थानमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड खटिएको टोलीले मंगलबार दिउँसो एक बजे विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली बेलबारी घर भई काठमाडौं महानरपालिका महाराजगञ्ज बस्ने २३ वर्षीया सविना कार्की पनि छन् ।

यस्तै, मोरङ उर्लावारी घर भई काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ४० वर्षीय अम्बर बर्देवा, धादिङ गल्छी घर भई काठमाडौं सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, मकवानपुर घर भई काठमाडौं थानकोट बस्ने ४२ वर्षीय कालु गोरे पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट पोल्याण्ड तीन किलो, नगद रु २० हजार २ सय ५०, प्र-०२-०१७प७९५० नम्बरको मोटरसाइकल एक थान र मोबाइल पाँच थानसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ४७ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ