दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक, व्यवस्थित र परिणाममुखी बनाउन मातहतका निकायलाई स्पष्ट निर्देशन दिएका छन् । उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘साइज’मा राख्दै प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न तयारी थाल्न आग्रह गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार सम्पन्न अर्धवार्षिक समीक्षा कार्यक्रममा…