१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरूलाई पर्यटन बोर्डको आग्रह

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ । दसैँको अवसरमा काठमाडौँमा बिहीबार बेलुका आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल हाल सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको सन्देश…