५ माघ २०८२, सोमबार | January 19, 2026

महाधिवेशनमा ओलीविरुद्ध उभिएका नेताहरूको टिकट चैट

काठमाडौं । गत मंसिरमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलविरुद्ध उभिएका अधिकांश नेताहरू यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। एमालेले शनिबार सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महाधिवेशनमा ओली समूहसँग प्रतिस्पर्धा गरेका धेरै नेताहरूलाई टिकट नदिइएको हो। गुल्मी–२ बाट गोकर्ण विष्टबाहेक ओलीविरुद्ध उभिएका प्रायः सबै नेताहरूको टिकट कटौती गरिएको छ।…