काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत मंसिर २ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्सबीचको खेलमा चितवनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । चितवनका कप्तान कुशल मल्लले टस जित्दै कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । यो खेल एनपीएलमा दुवै टोलीबीचको तेस्रो प्रतिस्पर्धा हो । पहिलो संस्करणमा…