काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट पक्राउ गरेको हो। पण्डितविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनिल श्रेष्ठले जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा…