काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छिन । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल-भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन ।…