गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु ३४ लाख ७० हजार मूल्यमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा…