भोजपुर । भोजपुरको ओख्रेस्थित शहीदगेट-हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त तीन करोड ८८ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति थालिएको हो । पिखुवा खोला-दलगाउँ-भुल्के-ओख्रे सडकअन्तर्गत शहीदगेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने…