बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमास्थित केसी निवासमा पुगेर पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । केसीकी धर्मपत्नी ७९ वर्षीया पार्वती केसी विगत केही महिनादेखि अल्जाइमर, मधुमेहलगायत रोगबाट पीडित रहँदै आएकी छन्…