काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरूलाई महाराजगन्जस्थित निजी निवासमा बोलाएका छन् । विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक राजनीति तातेको बेला देउवाको यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ । देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित वरिष्ठ नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन् ।…