काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले…