काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका सबै निकायलाई कार्यक्रम सञ्चालनमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार परिपत्र जारी गर्दै सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई सरकारी खर्चलाई उपलब्धिमूलक र खर्च घटाउने दिशामा काम गर्न आग्रह गरेको हो । निर्देशनअनुसार अब कुनै पनि सरकारी…