काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ । क्यानका सचिव पारस खड्काले शनिबार साँझ जारी गरेको विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेका हुन् । यसअनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।…