काठमाडौं । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ । फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व…