२९ असार २०८३, सोमबार | July 13, 2026

संसद विघटनमा आफ्नो समर्थन नरहेको प्रचण्डको खुलासा



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुको सहमति बिना परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाकार्कीको सिफारिसमा संसद् विघटन गरेको बताएका छन् । नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा गरेको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नभएको बताए ।

प्रचण्डले केपी ओलीकै सिफारिसमा र्काी नेतृत्वको सरकार बनेपनि संसद विघटनमा दलहरुको सहमति नरहेको स्पष्ट पारे । उनले आफुहरुले अन्तरिम सरकार गठन गर्ने विषयमा मात्रै सहजीकरण गरेको जिकिर गरे ।

‘भदौ २३ र २४ गते राज्यबिहीनताको अवस्था थियो । अहिले के होला ? भोलि के होला ? भन्ने संशय थियो । भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्यीकरण गर्न भूमिका खेलेका हौं, उनले भने, ‘कामचलाउ प्रधानमन्त्री केपी ओलीजीको सिफारिसमा अन्तरिम सरकार बन्यो । तर संसद् विघटनमा सहमति भएको थिएन । राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाजीको सिफारिसमा संसद् विघटन भयो ।’

प्रचण्डले तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको कारण देश दुर्घटनामा परेको दाहोर्‍याए । उनले आफुले गरेको जनपक्षीय काम सहन नसकेर कांग्रेस र एमालेले जबर्जस्ती आफूलाई सत्ताबाट हटाएको आरोप लगाए ।

नेपाली समाज भारतको आयोजनामा भारतको नयाँ दिल्लीस्थित लाजपत भवनमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्व तथा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा पनि धारणा राखेका थिए ।

राम बहादुर डागीको अध्यक्षता र नेपाली समाज भारतका महासचिव आर.बी. खड्काको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ५६ बजे

पूर्वाधार विकासमा अग्रसर व्यास

तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’