२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी गरेकी छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी हुन् । शर्मालाई आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा शपथ गराउने तयारी भइरहेको छ । यद्यपि, औपचारिक निर्णय भने अन्तिम रूपमा सार्वजनिक भइसकेको छैन…