काठमाडौँ । अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज आयोजित एक अन्तरक्रियाका वक्ताहरूले मातृभाषा जोगाउनका लागि विशेष रूपमा घरमा अभिभावकहरूले नै आफ्ना बालबालिकालाई हौसला बढाउनुपर्ने विषयमा जोड दिएका छन् । आइ लभ मिथिलाद्वारा आयोजना गरिएको ‘भाषाक भविष्य’ अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झाले भने, “प्रदेशहरूले भाषा आयोगको सुझाव प्रतिवेदनका आधारमा मात्र प्रदेशका भाषाहरू निर्धारण गर्नुपर्छ ।…