काठमाडौं । संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ…