बुटवल । निर्देशक दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को प्रिभ्यु प्रिमियर शो मंगलबार राती बुटवलमा सम्पन्न भएको छ । यही जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ को बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा रहेको फ्रेण्ड्स सिनेमा हलमा प्रिभ्यु प्रिमियर शो आयोजना गरिएको हो । सहकारी पीडितको कथामा आधारित यस चलचित्रलाई बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर…