काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ प्रस्ताव ल्याएका छन् । मंगलबार विवेकशील साझा पार्टीका संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्यहरू केशव दाहाल, रञ्जु दर्शना र राजेन्द्र पंगेनीले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गर्दै मिश्रको व्यक्तिगत धारणा पार्टीको सिद्धान्तविपरीत भएको भन्दै कडा…