६ बैशाख २०८१, बिहिबार | April 18, 2024

ओली-नेपालबीच संवादको तयारी: अधिकार बाँडफाँटबारे छलफल चल्दै



काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउने क्रममा अधिकार बाँडफाँटबारे छलफल सुरु भएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने गरी अधिकार बाँडफाँटबारे छलफल सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले दुवैतर्फबाट कार्यदलमा रहेका नेताहरूलाई अधिकार बाँडफाँटको बारेमा खाका ल्याउन आग्रह गरेको र कार्यदलमा रहेका नेताहरूले त्यसबारेमा छलफल थालेका हुन ।

एक नेताका अनुसार बजारमा आएजस्तो संयुक्त हस्ताक्षरको पनि खास अर्थ नभएकाले महाधिवेशन सम्म कसरी जाने र त्यसविषयमा दुवै पक्षका नेता कार्यकर्ताहरूलाई गरिने व्यवहारमा पक्षपात नहोस भन्ने नै हो । ‘संविधान त एमालेको महाधिवेशन चाँडै गर्नुपर्छ आगमी माघभित्र महाधिवेशन गर्नुपर्ने भएकाले संयुक्त हस्ताक्षरको विषय पनि गौण हुनसक्छ भावनात्मक विषय त हुनसक्ला तर त्यसको अर्थ रहन्न । खासगरी महाधिवेशनसम्म दुवै पक्षका नेता कार्यकर्तालाई अन्याय नहोस् भन्नेबारेमै सचेत रहनेगरी अघि बढ्ने हो,’ स्रोतले भन्यो । दोस्रो अध्यक्षमा नेपालको रुची नभए पनि कार्यदलका नेताहरू अधिकार बाँडफाँटकै विषयमा केन्द्रित भएर छलफल गरिरहेका छन । यसका लागि मंगलबार बिहान सुवास नेम्बाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेको संयुक्त बैठक बस्ने भएको छ ।

अधिकार बाँडफाँटको कुरा मिलेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवाद हुने बताइएको छ । नेपालले आफूलाई दोस्रो अध्यक्षको आवश्यकता नभएको तर नेता कार्यकर्तालाई अन्याय नहुने गरी अधिकार बाँडफाँट हुनुपर्ने बताउँदै आएका थिए । ओली पक्षले दोस्रो अध्यक्षको प्रस्ताव गर्दा नेपालले अहिले दोस्रो अध्यक्षको कुरा नगरांै अन्याय नहुनेगरी अधिकारको मात्रै कुरा गरौ भनेका थिए । तर नेपाल पक्षका नेताहरूले दोस्रो अध्यक्षमा जानुपर्ने दबाब दिइरहेका छन् । ‘हामीले अधिकारसहितको दोस्रो अध्यक्ष भनेका छौँ, ओलीतिरबाट अधिकारको कुरा प्रष्ट भएको छैन दोस्रो अध्यक्षको कुरा प्रष्टै आएको छ, नेपालले भने विधानमा नभएको विषयमा कुरा नगरौँ भन्नुभएको छ,’ नेपाल पक्षका एक नेताले भने । उनका अनुसार अधिकारमा कुरा मिल्ने अवस्था आएको बिफ्रिङपछि नेपाल सकारात्मक बनेका थिए ।

ओली पक्षबाट कार्यदलमा रहेका सुवास नेम्बाङले पनि विवाद निरूपणको प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताए । मैले तपाईंहरूलाई पहिलादेखि नै भन्दै आएको छु, एमालेमा अब यो पक्ष वा त्यो पक्ष छैन भनेर । अब दुई नेताहरूको चाँडै नै भेटघाट हुन्छ, संवाद हुन्छ, चाँडै भनेको भोलि पनि हुनसक्छ समय र ठाउँ एकिन नभएको मात्रै हो,’ नेता नेम्बाङले भने । तर नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेल कुनै पनि विषयमा सहमति भइनसको बताएका छन् । उनले सबैजना एकताकै पक्षमा रहेको दाबी गर्दे दुई नेताबीच मंगलवार भेटघाट हुने संकेत गरे । ‘सहमति भएको छैन, भोली बिहान हामी चारजना नेता बस्छौं अनि मात्रै दुई नेता संवादमा बस्नुहुन्छ,’ पाण्डेले भने ।

सोमवार नेपाल पक्षका नेताको बैठकले समेत दुई नेताहरूबीच संवाद गर्ने निर्णय गरेको थियो । कार्यदलका सदस्यको बिफ्रिङपछि ओलीसँगको भेटका लागि नेपाल ‘तयार’ भएका हुन् । ओलीले भेट्न खोज्दा पनि ‘अस्वीकार’ गर्दै आएका नेपाल पछिल्लो समय भने भेटका लागि तयार भएका हुन् । नेपालपक्षीय स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता चाँडै हुने संकेत पाएको बताए। ‘उहाँहरू (ओली र नेपाल)को भेटघाट र छलफल छिट्टै हुन्छ, मिति नसोध्नुहोस्, तर त्यो भेटघाट हुन्छ भन्ने मैले बुझेको छु,’ सोमबार नेपालपक्षीय स्थायी कमिटी सदस्यको भेलापछि पन्तले भने । पन्तले सोमवारको भेलाबाट पार्टी एकतामा दूरी बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरिएको पनि बताए । ‘सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टतामा ध्यान दिनुपर्ने विषयमा छलफल भयो,’ नेता पन्तले भने, ‘पार्टी एकता टुंगोमा पु¥याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर गम्भीर हुने कुरा भएको छ । ’पार्टी एकताका लागि यसअघि गठन भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यले सोमबारको बैठकमा एकताका लागि हालसम्मका प्रयास र प्राप्त ‘उपलब्धि’का बारेमा ‘रिपोर्टिङ’ गरेका थिए । ‘दुवै नेताको निर्देशन र चाहना अनुरूप बढिरहेको एकता प्रक्रिया भएको हुनाले बाहिर कसले कहाँ के बोल्यो भन्ने कुरा त्यति महŒवपूर्ण हैन, दुई नेतासँग छलफल गरेर जसरी एकता प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ, त्यो महŒवपूर्ण कुरा हो,’ पन्तले भने । पन्तका अनुसार वार्तामा भइरहेका कुराहरू महŒवपूर्ण भएको र वार्ता र ती कार्यदलमा हुने छलफलको सबै जानकारी पार्टी अध्यक्ष ओली र नेपाललाई पनि थाहा भएको तथा उनीहरूकै जानकारीमा छलफलबाट विवाद निरूपणको कार्यहरू भइरहेका छन् ।

नेपाल पक्षलाई पनि ठाउँ राख्दै विभाग गठन

नेकपा एमालेको जारी स्थायी कमिटी बैठकले पार्टी विवादलाई चाँडै निरूपण गर्ने जनाउँदै २२ साउनबाट पार्टीको विधानबारे खुला छलफल आरम्भ गर्ने निर्णय गरेको छ । दसौँ महाधिवेशन गर्ने समयनजिक आउँदै गर्दा पार्टीले विधानबारे खुला छलफल गर्ने निर्णय गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिँदै विभिन्न ९ ओटा विभाग गठन गरेको छ ।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग गठन गरेको हो। पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न नेताहरूको नेतृत्वमा ९ ओटा विभाग गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ ।

यस्तै, सुवास नेम्बाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग बनाइएको छ । यस्तै देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ । पहिला विदेश विभाग प्रमुखमा माधव नेपाल रहेका थिए भने आर्थिक विभागमा सुरेन्द्र पाण्डे रहेका थिए । अब गठन हुने विभाग माधव नेपाल पक्षका लागि राखिएको एमालेका एक नेताले बताए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : १३ बजे

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ

अन्योलताका बीच कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको