काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअवसरमा धर्मपत्नी तेज माया र भाई बलराम डङ्गोलले उनलाई दागबत्ती दिए। अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका काठमाडौं…