खोटाङ । केपिलासगढी गाउँपालिका-७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाएका थिए । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर छिन । बुबाको अप्राकृति मृत्युपछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठूली बहिनी…