काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले आज कुमारीको आसन ग्रहण गर्दैछिन् । दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा उनीलाई कुमारीघरमा विधिविधानपूर्वक आसन गराइने तयारी भएको छ । यससँगै पुराना कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ । काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई गुठी संस्थान, पञ्चांग निर्णायक समिति तथा सरोकार भएका पक्षसँगको परामर्शपछि नयाँ कुमारीका…