काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि ३७ वर्षीय कर्णबहादुर तामाङले आक्रमण गरेका हुन् । घटनापछि पन्तलाई तत्काल अस्पताल पुर्याइएको र हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आरोपित तामाङ सिन्धुपाल्चोकका बासिन्दा हुन् । उनले मदिरा सेवनपश्चात पन्तको कोठामा प्रवेश…