२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

मगर महिला संघको आयोजनामा १५ दिने हाते तान बुन्ने तालिम सञ्चालन

तिलोत्तमा । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले मँगलबारदेखि तिलोत्तमामा १५ दिने हस्तकला सम्बन्धी हातेतान बुन्ने तालिमको सञ्चालन गरेको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरको आर्थिक सहयोगमा संघले सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको संघका लुम्बिनी प्रदेश समिति अध्यक्ष केशरी तरामु मगरले जानकारी दिइन् ।…