काठमाडौं। उडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका बुवा सुनील लम्सालले आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार बिहान भुवनेश्वर पुगेका लम्सालले भारतीय मिडिया एनआईलाई भने, ‘मैले मेरी छोरी गुमाएको छु। धेरै अन्य बालबालिकाहरू यहाँ पढिरहेका छन्। मिडियाले केही विद्यार्थीहरूलाई होस्टेलबाट निकालिएको रिपोर्ट प्रकाशित गरेका छन् । यो सही होइन। यस्तो…