२८ बैशाख २०८३, सोमबार | May 11, 2026

रवि लामिछानेको थुनछेक बहस सकियो, न्यायाधीशको आदेश आजै आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । अब मुद्दामा न्यायाधीश दयाराम ढकालको आदेशको प्रतिक्षा रहेको छ । सरकाले आज रवि विरुद्ध बहस गर्न बारा, पर्सा र धादिङबाट समेत सरकारी वकिलहरु पठाएको थियो ।