२३ भदौ २०८३, मंगलबार | September 9, 2026

खजुरा गाँउपालिकाको बजेट सर्वसम्मत पारित



खजुरा । कुल बजेटको ७० प्रतिशत बजेट वडाहरुलाई दामासाहीले बितरण गर्दै बाँकेको खजुरा गाँउपालिकाको आव २०८२/८३ को बजेट पारित भएको छ । गाउँसभाको बैठकमा पालिका अध्यक्ष मन्जु मल्लले प्रस्ताव गरेको ८५ करोड ७२ लाख ३१ हजारको अनुमानित आय ब्यय गाँउसभाबाट सर्वसम्मतथ पारित भएको हो ।

आज बसेको सभाको बैठकमा प्रस्तावित बजेटको ७० प्रतिशत दामासाहि र ३० प्रतिशत बजेट योगदानमा आधारित विनियोजन गर्दै प्रस्ताव गरिएकोमा सभाले सर्वसम्मत पारित गरेको हो । उपाध्यक्ष मल्लले प्रस्ताव गरेको बजेटमा पदाधिकारी कर्मचारीका लागि घरभाडामा मात्र ११ लाख विनियोजन गरिएको छ भने पदाधिकारी सुबिधामा ९० लाख विनियोजन गरिएको छ । पर्यटन शिर्शकमा शुन्य बजेट रहेको बजेटमा पालिकाको कार्यालय र पदाधिकारीलाई छुट्टाछुट्टै १६-१६ लाख इन्धनका लागि प्रस्ताव गरिएको छ ।

प्रकृतिक स्रोत तथा राष्ट्रिय बित्त आयोग ऐन २०७४ ले पालिकाले विनियोजन गर्ने बजेटमा निर्धारित मापदण्ड तोकिएपनि खजुरामा केही वडा अध्यक्षहरुको दवावमा ७० प्रतिशत बढी बजेट दामासाहीले विनियोजन गरिएको गाँउसभामा सहभागी एक जनप्रतिनिधिले बताए ।

सभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष डम्बर विक तुफानले खजुरा गाँउपालिकाले लगातार लक्ष्य हासिल गर्न सफल हुँदै गएको दाबी गरे । उनले क्रमशः बेरुजुलाई घटाउँदै लगिएको उल्लेख गर्दै पालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा रहेको स्पष्ट पारे । उनले शिक्षा, स्वास्थ्य र कृषिमा पालिकाले निर्धारित लक्ष्य हासिल गरेको जनाउँदै आगामी वर्षमा अझै प्रगति गर्दै जाने जनाए ।

अध्यक्ष विकले निर्णयार्थ प्रस्तुत गरेको बजेट सहित आर्थिक बिधेयक र बिभिन्न प्रस्तावहरु सभाको बैठकले ध्वनी मतका आधारमा पारित गरिएका थिए । सभामा उठेको प्रश्नको जवाफ दिंदै अध्यक्ष विकले प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ३६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी