३१ असार २०८३, बुधबार | July 15, 2026

दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला



नयाँदिल्ली । पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ । बुधबार बिहान सरदार पटेल विद्यालय प्रहरीको सल्लाह अनुसार बन्द रहनेछ ।

अधिकारीहरूका अनुसार द्वारकाको सेन्ट थोमस स्कुल, वसन्त कुन्जको वसन्त भ्याली स्कुल, हौज खासको द मदर इन्टरनेसनल स्कुल, पश्चिम विहारको रिचमन्ड ग्लोबल स्कुल र लोधीको सरदार पटेल स्कुलमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

चेतावनी पछि दिल्ली प्रहरी र विस्फोटक पदार्थ निस्क्रिय पार्ने कर्मचारीलाई विद्यालय परिसरमा तैनाथ गरिएको जनाइएको छ ।

विस्फोटक पदार्थ निस्क्रिय पार्ने समूहले परिसरको पूर्ण सरसफाइ गरिरहेको छ । सुचनाको बारेमा सरदार पटेल विद्यालयले विद्यार्थीहरूका अभिभावकहरूलाई सम्बोधन गरेको इमेलमा अवस्थाको बारेका थप सुचना जारी गर्ने जनाइएको छ ।

राजधानीका प्रमुख विद्यालयहरूलाई बमको चेतावनी पाएपछि दिल्ली प्रहरी र अग्नि नियन्त्रक कर्मचारीहरूलाई तुरुन्तै घटनास्थलमा तैनाथ गरेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार इमेलमार्फत बमको चेतावनी आएपछि सेन्ट थोमस स्कुल र वसन्त भ्याली स्कुल परिसरमा फायर टेन्डर र प्रहरी पठाइएको थियो ।

अग्नि नियन्त्रक विभागले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

यस अघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । प्राप्त इमेलमा पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।

दिल्ली प्रहरीका अनुसार उक्त स्थान खाली गरी विस्फोटक पदार्थ निस्क्रिय पार्ने स्रषा अधिकारी, तालिमप्राप्त कुकुर, दिल्ली अग्नि नियन्त्रण टोली, र विशेष कर्मचारीको टोली घटनास्थलमा तैनाथ गरी पूर्ण रूपमा जाँच भइरहेको छ ।

दिल्ली प्रहरीले अन्य शैक्षिक संस्थाबाट भने उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि इमेलमार्फत् बमको चेतावनी आएको थियो । यद्यपि अपरेसनमा कुनै विस्फोटक पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ ।

चाणक्यपुरी स्कुललाई पठाइएको इमेलमा तमिलनाडु सरकार विरोधी सन्देश रहेको थियो । प्रहरीले सबै चेतावनीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : ५१ बजे

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित

फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि सबैको नजर

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज फुटबलका

एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

सुदूरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्वारा एमालेका ४ मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्तारूढ सहयोगी दल नेकपा

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका